ओलीसँग मिल्ने र सँगै जाने सबै सम्भावना सकियो : बामदेव

काठमाडौं : नेकपा एमालेका नेता बामदेव गौतमले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जाने सम्भावना सकिएको बताएका छन्।

आज प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएर पार्टीमा एकतर्फी निर्णय गरेपछि नेता गौतम रुष्ट बनेका हुन् ।

सर्वाेच्च अदालतको फैसलापछि एमालेलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्दै आएका गौतम ओलीको पछिल्लो कदमपछि चिढिएका हुन् ।

गौतमको धारणा सार्वजनिक गर्दै प्रेस सल्लाहकार विश्वमणी सुवेदीले भने, ‘अब केपी शर्मा ओलीसँग मिल्ने र संगै जाने सबै सम्भावना समाप्त भयो।’

ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत उनको समूहलाई जानकारी नै नदिई आफूपक्षीय बैठक बोलाएका थिए।

बैठकले नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्नुका साथै अध्यक्ष र महासचिव बाहेक पदाधिकारी खारेज गरेका थिए ।

त्यस्तै मंसिर पहिलो साता महाधिवेशन गर्ने निर्णय पनि गरेका थिए ।

प्रतिक्रिया

TOP