२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राजनीतिक गतिरोधको निकासका लागि कांग्रेसलाई नेतृत्व लिन जसपाको आग्रह
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन २८ शुक्रबार
  •  
  •  
  •  
  •  

153

काठमाडौं : नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीचको छलफल सकिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दुबै दलका शीर्ष नेताहरुबीच संवाद भएको हो ।

दुबै दलका नेताहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

जसपाका नेताहरुले आफूहरुले उठाउँदै आएका मुद्धाका बारेमा कांग्रेसलाई जानकारी गराएका थिए ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले बैठकमा दुबै दलका नेताहरुले आआफ्ना धारणा राख्ने काम भएको बताए । उनले फेरी बैठक बसेर सहमतिको खोजी गर्ने समझदारी भएको बताए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले परिस्थितिलाई थप परिपक्व भएपछि पार्टीले उपयुक्त निर्णय लिने बताए ।

उनले जसपाका नेताहरुले अहिलेको विषम राजनीतिक परिस्थितिको निकास लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेतृत्व लिनुपर्ने सुझाव दिएको बताए ।

जसपाले सत्तासमिकरणका लागि आफूहरुले उठाएका मागको सम्बोधन हुनुपर्नेमा जोड दिँदै आएको छ ।

जसपाले आफ्ना मागबारे नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार दलहरुसँगको छलफललाई तीब्रता दिएको हो ।

भर्खरै