बुधबार, मंसिर २२ २०७८

बलिउड अभिनेत्री प्रियंकाले किन हटाइन् आफ्नो नामबाट पतिको थर ?

बलिउड अभिनेत्री प्रियंकाले किन हटाइन् आफ्नो नामबाट पतिको थर ?


Nepal Manch
मंसिर ८ २०७८, बुधबार

मुम्बई : अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालहरुबाट आफ्नो पतिको थर हटाएकी छन्। तीन वर्षअघि अमेरिकी गायक निक जोनससँग विवाह गरेकी उनले लगत्तै आफ्नो थर पछाडि जोनस झुन्ड्याकी थिइन्।

केही दिनअघि उनले जोनस थर हटाएकी थिइन्। जोनस थर हटाएलगत्तै प्रियंका र निकबीच दूरी बढेको अनुमान गर्न थालिएको छ। कतिपयले यी जोडीको डिभोर्ससमेत भइसकेको चर्चा गरिरहेका छन् भने कतिपयले डिभोर्सको तयारीमा रहेको बताइरहेका छन्।

के साँच्चै यी दुईबीच दूरी बढेको हो? वा यी जोडी सम्बन्ध विच्छेद गर्दैछन्? यसबारे दुवैले केही बोलेका छैनन्। तर प्रियंकाले पतिको थर हटाएपछि धेरै अडकलबाजी भने भइरहेका छन्।

प्रियंकाका आमा मधुले भने यस्ता समाचारको खण्डन गरेकी छन्। उनले यो सबै अफवाह भएको र हल्लाको पछि नलाग्न सबैलाई अपिल गरेकी छन्।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट