
काठमाडौं : नेपालमा स्वास्थ्य सम्बन्धि अनुसन्धान र क्षमता विकास अभिवृद्धि गर्ने सम्बन्धमा नेपाल अनुसन्धान परिषद् र अन्तर्राष्ट्रिय खोप संस्था (आईभिआई) बीच सम्झौता भएको छ ।
शुक्रबार भर्चुवल समारोह मार्फत् दुवै संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवाली र अन्तर्राष्ट्रिय खोप संस्थाका महानिर्देशक डा जेरोम किमले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
खोप अनुसन्धान अभियान साझोदारीबाट आइभिआई र नेपाल सरकार दुवै लाभान्वित भएको र आगामी दिनमा परिषद्सँगको सहकार्यमा नेपालका जनस्वास्थ्य सम्बन्धि समस्याहरुको दीगो समाधानको खोजि गर्न अन्तर्राष्ट्रिय खोप संस्था अझ बढी तत्पर रहने अन्तर्राष्ट्रिय खोप संस्थान बोर्डका अध्यक्ष जर्ज बिकेरस्टाफले बताए ।
अन्तर्राष्ट्रिय वैज्ञानिक साझेदारीले दुवै संस्थाको सहकार्यमा क्लिनिकल स्वास्थ्य अनुसन्धान, आविष्कार र पारस्परिक चासोका जनस्वास्थ्य सम्बन्धि अनुसन्धानमा नेटवर्किङ, प्रविधि हस्तान्तरण, विविध विशेषज्ञता, वैज्ञानिक जानकारी पाइने परिषद्का कार्यकारी प्रमुख ज्ञवालीले बताए ।
सम्झौतापत्रका मुख्य बुँदाहरु
नेपालमा देखिने तथा देखिएका विभिन्न संक्रमण रोगहरुका बारे अध्ययन अनुसन्धान गर्न अन्तराष्ट्र्रिय खोप संस्थाले सहकार्यमा अनुसन्धान अनुदान तयार गर्न सहयोग गर्ने,
अन्तराष्ट्र्रिय खोप संस्थाले नेपालमा अनुसन्धान गतिविधि बढाउन अनुसन्धान पूर्वाधार तथा तालिमहरु अभिबृद्धि गर्न सहयोग गर्ने ्र
नेपालको जनस्वास्थ्य सम्बन्धि चुनौतीहरुको दिगो समाधान खोज्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् संग सहकार्य गर्ने,
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र अन्तराष्ट्रिय खोप संस्था बीच सहकार्य गर्न NHRC – IVI कार्यालयको स्थापना गर्न सकिने कुराको सम्भाव्यता हेर्दै अनुसन्धानमा सहकार्य गर्ने ।
प्रतिक्रिया