बुधबार, मंसिर २२ २०७८

कांग्रेस महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्का विजयी

कांग्रेस महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्का विजयी


Nepal Manch
मंसिर ८ २०७८, बुधबार

कर्णाली । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कुल खसेको ८७४ मध्ये उनले ७३६ मत प्राप्त गरेर विजयी भएका हुन् ।

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए ।

त्यस्तै, उक्त क्षेत्रबाट सभापतिमा झकबहादुर डाँगीको प्यानल विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिए ।

डाँगीले ७१९ मत प्राप्त गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी बलबहादुर वलीले १०३ मत प्राप्त गरे । त्यस्तै, सचिवमा मोहन राना ७२० मत र पदमबहादुर खत्री ७१७ मत तथा सहसचिवमा प्रेमसिंह ठकुरी ६८४ मत र यामलाल पङ्गाली ६८७ मत प्राप्त गरी विजयी भएका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट