बीबीसीका बरिष्ठ पत्रकार सुशील शर्माको निधन

काठमाडौं : बरिष्ठ पत्रकार सुशील शर्माको ६३ वर्षको उमेरमा निधन भएको छ ।

उनी लामो समयदेखि बीबीसी नेपाली सेवामा कार्यरत थिए ।

केही समययता अस्वस्थ रहेका पत्रकार शर्माको मिर्गौलामा पछिल्लो समय समस्या देखा परेको पारिवारिक स्रोतले बताएको छ।

काठमाण्डूस्थित एक अस्पतालमा उनको शरीरका विभिन्न अङ्गले काम गर्न छाडेपछि निधन भएको जनाइएको छ । उनको श्रीमती र एक छोरा छन्।

शर्मा डेढ दशक बीबीसी नेपाली सेवामा कार्यरत थिए।

उनले बीबीसी नेपाली सेवाको प्रमुख सम्वाददाताको पदबाट सन् २०११ को नोभेम्बरमा राजीनामा दिएका थिए।

प्रतिक्रिया

TOP