
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल पक्षधर नेताहरुलाई जिम्मेवारीबाट हटाएका छन् ।
पार्टीको औपचारिक बैठक नबस्दै एमाले अध्यक्ष ओलीलाई नेपाल पक्षधर नेताहरुको जिम्मेवारी खोसेका हुन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीले एकलौटी निर्णय गरेका हुन् ।
बरिष्ठ नेता नेपाललाई विदेश विभाग प्रमुखबाट हटाइएको छ । उनको ठाउँमा राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।
कर्णाली प्रदेश इन्चार्ज रहेको युवराज ज्ञवाली जिम्मेवारीबाट हटाइएको छ । उनको ठाउँमा यमलाल कँडेललाई नियुक्त गरिएको छ ।
बागमती प्रदेश इन्चार्चमा ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ ।
एमालेको बागमति प्रदेश इन्चार्जमा अष्टलक्ष्मी शाक्य थिइन् ।
त्यस्तै प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको ओलीनिकट एक नेताले बताए ।
पार्टीका प्रवक्तामा ओलीले प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएका छन् ।
माओवादी केन्द्रमा नफर्किएर ओलीसँगै रहेका २३ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया