
बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले सङ्लै रहनेमा आशंका गरेका छन् ।
उनले एमालेभित्र बरिष्ठ नेता माधव कुमार नेपाल नेतृत्वको समूह एमालेमै नरहने दावी गरेका हुन् ।
शुक्रबार बुटवलमा पार्टीका अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब एमाले एकै रहन सक्दैन । माधवजीको समूह एमालेमै नरहने सम्भावना धेरै छ ।’
उनले एमाले बरिष्ठ नेता नेपालको समूहलाई घाटा हुने गरी कुनै गतिविधि नगर्न कार्यकर्तालाई निर्देशन दिए ।
‘माधवजीलाई पिन्च हुने कुनै पनि काम नगर्नू,’ प्रचण्डले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘माधवजीसँग नजिक भएका मानिसलाई तानेर हामीभित्र घुसाइहाल्छु भन्नेतिर नलाग्नुहोला अहिले त्यसो गर्न आवश्यक छैन। ।
उनले बरिष्ठ नेता नेपाल र झलनाथ खनालसँग सहकार्य गरिराख्ने समझदारी भएको खुलासा गरे ।
‘उहाँहरूले त्यहाँभित्र गएर संघर्ष गर्ने र फेरि एकताको प्रस्ताव राख्ने र एकतातिर नै जानुपर्छ भन्ने छ,’ प्रचण्डले भने ।
प्रतिक्रिया