सुन तोलामा ६ रुपैयाँ घट्यो, आज ८६ हजार दुई सयमा कारोबार

काठमाडौं: शुक्रबार सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ८६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मुल्य तोलाको ८५ हजार ७५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम गरेको छ।

यसअघि बिहीबार छापावाल सुनको मुल्य तोलाको ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मुल्य तोलाको ८६ हजार ३५० सय रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको मुल्य प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

TOP