लागूऔषधसहित मोरङ र उदयपुरबाट दुई जना पक्राउ

मोरङ : मोरङ र उदयपुरबाट बिहीबार दिउँसो लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१६ दरैयाबाट सुनसरी ईटहरी ६ का २० बर्षीय शुसित बिश्वकर्मालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ मेनचौक नजिकबाट ३२ बर्षीय प्रशान्त कार्कीलाई लागुऔषध ब्राउन सुगर ५१० मिलि ग्राम, नगद १४ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

TOP