
झापा : झापाको दमक नगरपालिका – ५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।
बिहीबार राति ९ बजे प्रदेश १-०१-१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठोक्किएका थिए ।
ठक्करबाट स्कुटी चालक दमक नगरपालिका ८ बस्ने ५० बर्षीय ईन्द्र भुजेलको अस्पताल लैजाने क्रममा निधन भएको हो ।
मोटरसाईकल चालक २६ बर्षीय संजोक सुन्दास पनि घाइते भएका छन् ।
उनको बिएण्डबी अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
प्रतिक्रिया