बुधबार, मंसिर २२ २०७८

का‌ग्रेस महाधिवेशन : देउवालाई सुरुआती परिणाममा स्पष्ट बहुमतको संकेत

का‌ग्रेस महाधिवेशन : देउवालाई सुरुआती परिणाममा स्पष्ट बहुमतको संकेत


Nepal Manch
मंसिर ७ २०७८, मंगलबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरुको नतिजा सार्वजनिक भइरहेको छ ।

निर्वाचन समितिका अनुसार प्रदेश नं २ बाहेकका अरु प्रदेशहरुमा हिजोदेखि सुरु भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनका परिणामहरु सार्वजनिक भइरहेका हुन् । केही जिल्लामा भर्खरै मत गणना सुरु भएको छ भने अरु केही जिल्लामा आज मतदान हुने भएको छ । केही जिल्लामा मतदान सुरु पनि भएको छ ।

यसैबीच सुरुआती मत परिणामअनुसार कांग्रेसमा संस्थापन पक्षका प्रतिनिधिहरु बढी आएका देखिएको छ । सुरुआती परिणामअनुसार संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवाको पक्षका प्रतिनिधिहरु धेरै आएका छन् । अहिलेसम्मको मत परिणामअनुसार संस्थापन पक्षका प्रतिनिधिहरु कम्तीमा पनि ६० प्रतिशतको हाराहारीमा आएका छन् ।

जिल्ला जिल्लाबाट प्राप्त भएको मंगलबार बिहानको मत परिणामअनुसार अधिकांश जिल्लामा देउवा पक्षका प्रतिनिधिहरु आएका छन् । त्यसपछि पौडेल पक्षका छन् भने तेस्रो स्थानमा कृष्णप्रसाद सिटौला पक्षका उम्मेदबारहरु विजयी भएका छन् । प्रकाशमान सिंह र बिमलेन्द्र निधिको पक्षका प्रतिनिधिहरु भने नगण्य मात्र छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट