
कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा स्कोरपियोको ठक्करले एक किशोरीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा बा १४ च १७२२ को स्कोरपियोले १६ वर्षीया पूर्णिमा चौधरीलाई ठक्कर दिएको थियो ।
उनको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
स्कोरपियोको ठक्करबाट घोडाघोडी १० कै १५ वर्षीय गणेश रावल घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
स्कारपियो चालक गौरीगंगा नगरपालिका–८ का २२ वर्षीय प्रकाशबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया