माधव-झलनाथलाई गोकुल बास्कोटाले किन भने झगडिया ?

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफ्नै पार्टीका बरिष्ठ नेताहरुलाई झगडियाको संज्ञा दिएका छन्।

उनले पार्टीभित्र बरिष्ठ नेता माधव कुमार नेपालले गुटगत मोर्चाबन्दी सुरु गरेकोमा आपत्ति समेत जनाएका छन् ।

सर्वाेच्च अदालतले नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि नेताहरु आआफ्नो पार्टीमा फर्किएका छन् ।

नेकपामा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उभिएका थिए, नेपाल झलनाथ समूह ।

सर्वाेच्चको फैसलाले एमाले दल अस्तित्वमा आएपछि फेरी नेपाल झलनाथले मोर्चाबन्दी गरेकोमा नेता बास्कोटाले आपत्ति जनाएका हुन् ।

‘मुद्दा हारेको झगडियाले २४ घण्टा बर्बराउनु ठिकै हो तर वाहृ महिना वाहृैकाल बर्बराउनु चै घामटपन। एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी गर्नु सोहृै आना गलत,’ उनले भने ।

नेता बास्कोटाले विगतका गल्तीको आत्मआलोचना गर्नुको साँटो उल्टै गुटगत भेला गरेको भन्दै विरोध जनाएका छन ।

साथै उनले नेपाल समूहले पार्टीमा २० प्रतिशत पनि पुर्याउन नसक्ने दावी गरे ।

‘हिजोको गल्तीको आत्मालोचना त कताहोकता उल्टै गुटको भेलाबाट संस्थापनलाई धम्की ? ४०% होईन २२ % पनि पुग्दैन,’ उनले भने, ‘वाहियात!’

प्रतिक्रिया

TOP