
स्पेनी महारथी बार्सिलोना बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।
रोनाल्डोको टिम युभेन्ट्स पनि मंगलबार प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
क्याटलन क्लबलाई फ्रान्सको पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले स्तब्ध पार्दै अन्तिम आठको यात्रा तय गरेको छ ।
दोस्रो लेगमा १-१ को बराबरीमा टुंगिएपछि बार्सिलोनाको चुनौती समाप्त भएको हो ।
पेरिसमा भएको खेलमा पीएसजीले केलियन एमबाप्पेको गोलमा अग्रता लिएपछि बार्सिलोनाको तर्फबाट लियोनल मेसीले एक गोल फर्काएका थिए ।
मेसी पेनाल्टीमा अर्को गोल गर्न भने चुके । उनको पेनाल्टी छपल्टका गोल्डेन बल विजेता गोलकिपर केलर नाभासले रोकेका थिए । यो नतिजापछि पीएसजी समग्रमा ५-२ ले अगाडि रह्यो ।
बार्सिलोना पहिलो लेगमा आफ्नै भूमिमा ४-१ ले पराजित रहनु नै टिमका लागि प्रतियोगिताबाट बाहिरिनुको मुख्य कारण रह्यो ।
सन् २००५ पछि पहिलोपल्ट च्याम्पियन्स लिग क्वाटरफाइनलमा मेसी र उनका निकट प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो हुने छैनन् ।
प्रतिक्रिया