बुधबार, मंसिर २२ २०७८

सडकमा यसरी भयो नोटको वर्षा, सर्वसाधारणले खुशी हुँदै उठाए चाहिएजति पैसा ! (भिडियो)

सडकमा यसरी भयो नोटको वर्षा, सर्वसाधारणले खुशी हुँदै उठाए चाहिएजति पैसा ! (भिडियो)


Nepal Manch
मंसिर ६ २०७८, सोमबार

एजेन्सी : मान्छे र संस्थाले पैसालाई जतन साथ राख्छ । हिजोआज त आर्थिक कारोबार अनलाइनबाट हुने भएकाले नगद धेरै सञ्चित गरिँदैन ।

तर अमेरिकामा नगद ढुवानी गरिरहेको एउटा ट्रकबाट नोटको वर्षा भएको छ । सडकमा छरप्रस्ट नोटहरूलाई सर्वसाधारणले चाहिएजति उठाएका छन् ।

अमेरिकाको दक्षिण क्यालिफोर्नियास्थित त्यो सडकमा यात्रा गरिरहेका सर्वसाधारणले आफ्ना गाडी र सवारीसाधनबाट बाहिर आएर नोट संकलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यसैबीच अमेरिकी प्रहरीले भाइरल भिडियो हेरेर पैसा संकलन गर्नेको खोजी गरिरहेको छ । सडकबाट संकलन गरिएको पैसा फिर्ता नगरेमा आपराधिक मुद्दा चलाउने तयारी प्रहरीको छ ।

डेलीस्टारमा छापिएको रिपोर्टअनुसार यसरी सडकमा पैसाको वर्षा भएको घटना गत शुक्रवारको हो । ट्रकभित्र पैसाले भरिएका झोला फाटेर पैसा सडकमा छरप्रस्ट भएकाे जनाइएको छ । प्रहरीले नगद संकलन गर्ने २ जनालाई घटनास्थलबाट पक्राउ समेत गरेको समाचारमा उल्लेख छ ।

 

View this post on Instagram

 

A post shared by DEMI BAGBY (@demibagby)


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट