
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालमा सामान्य बदली हुने जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।
महाशाखाका अनुसार देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक देखि सामान्य बदली रहने छ।
देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया