
काठमाडौं : नेपाली सेनाका जर्नेल पंकज कार्की सेवाबाट बर्खास्त भएका छन् ।
यौन दुर्व्यवहार गरेको ठहर भएपछि जर्नेल कार्कीलाई बर्खास्त गरिएको सेनाले जनाएको छ ।
सेनामै कार्यरत महिला सहकर्मीसँग यौन सम्बन्ध रहेको पुष्टि भएपछि सैनिक अदालतले जर्नेल कार्कीलाई दोषी ठहर गरेको हो ।
सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी निष्काशन गरेको बताए ।
कार्कीको यौन दुर्व्यवहारबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सेनाले कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरेको थियो ।
बोर्डले कोर्ट मार्शल गर्दै जागिरबाट बर्खास्त गर्ने फैसला गरेको सेनाले जनाएको छ।
प्रतिक्रिया