
काठमाडौं : आजभोलि कम्प्युटर, ल्यापटप, मोवाइलजस्ता विद्युतीय उपकरणहरू अत्यावश्यक वस्तुभित्र पर्छन् ।
लकडाउनको समयमा वर्क फ्रम होम र विद्यार्थीहरुको पनि जुमबाट पढाई हुने भएकोले यसको प्रयोग पहिलाको तुलनामा पछिल्लो समय झन बढ्यो ।
अहिले लकडाउन हटिसकेको छ । स्कुल, कार्यालयहरु नियमित भएका छन् । तर पनि यसको प्रयोग घटेको भने छैन । १० देखि ५ बजेसम्म कम्प्युटरमा काम गर्नु पर्ने समय उस्तै छ ।
प्रविधिले हाम्रो दैनिकी जति सहज बन्दै गइरहेको छ, मानवस्वास्थ्यमा पर्ने असर पनि उत्तिकै छ ।
लकडाउन खुले लगत्तै आँखाको सुख्खापन, आँखा दुख्ने, थाक्ने र आँखामा स्ट्रेस हुने जस्ता थुप्रै आँखासम्बन्धी समस्या लिएर अस्पतालमा आउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।
उनीहरुमध्ये अधिकांश स्कुल कलेज पढ्ने विद्यार्थी, मोबाइल, कम्प्युटरमा काम गर्नुपर्ने व्यक्ति छन्। यसबाट पनि कम्प्युटर र मोबाइलको प्रयोगले आँखामा कति असर गर्छ भन्ने कुराको प्रमाणित हुन्छ।
यस्तो समस्या लकडाउनभन्दा पहिला नआउने होइनन् । त्यो बेला उमेर ढल्कदै गएका मानिस, धेरै कम्प्युटरमा काम गर्नुपर्ने मानिस, मधुमेह र थाइरोइडको समस्या भएका मानिसहरु बढी आउने गर्थे।
उहाँहरुसँग सोधखोज गर्दा लकडाउनमा कम्प्यूटर, ल्यापटप, मोवाइलजस्ता विद्युतीय उपकरणहरू धेरै चलाउँदा आँखामा यस्ता समस्या देखिएको खुलेको हो ।
कम्प्युटर, ल्यापटप, मोवाइल, जस्ता विद्युतीय उपकरणहरू प्रयोगले पछिल्लो समय आँखा सुख्खा हुने र कम्प्युटर सिण्ड्रोम जस्ता समस्या देखिने गरेका छन् ।
आँखा सुख्खा हुने समस्या के हो ?
मानिसले एक मिनेटमा १२ देखि १७ पटक आँखा झिम्काउनु पर्ने हुन्छ ।
तर विद्युतीय उपकरणहरू प्रयोग गर्दा हामीले ४ पटक पनि आँखा झिकाउदैनौँ । यस्ता उपकरणबाट निस्कने लाइटले आँखामा असर गर्छ ।
आँशु आँखा भित्र नै बन्छ । यदि आँखा झिम्कायौँ भने आँसु चारै तिर फैलने गर्दछ ।
आँखा नझिम्काई एकोहोरो धेरै बेर हेरिराख्दा आँखाको सतहमा भएको आँसु उड्नुका साथै
आँखाको नानीमा घाउ बनेर आँखा दृष्टि गुम्ने डर हुन्छ ।
आँखा सुख्खा हुनुका कारण ?
यस्तो समस्या प्राय : एसी भएको ठाउँमा बसेर कम्प्युटर चलाउनुपर्ने मानिस, वृद्धवृद्धा, मधुमेह, थाइराइडको समस्या भएकालाई बढी मात्रामा देखिने गर्छ ।
तर पछिल्लो सयम विद्युतीय माध्यम प्रयोग बढ्ने भएकाले कुनै समस्या नभएका मानिसलाई पनि यस्तो समस्या देखिएको पाइन्छ ।
लक्षणहरु्
आँखा पोल्नु
आँखाबाट आँशु झर्ने
आँखा चिलाउनु
आँखा थाक्ने
बिहान उठ्दा आँखा खोल्नै गाह्रो हुने
उपचार
हाम्रो समाजमा सामान्य समस्या ठानेर आफै औषधि किनेर लगाउने चलन छ ।
त्यसैले अस्पतालमा पुग्दा प्राय मानसले एन्टिवायोटिकको औषधि प्रयोग गरेर आउनु भएको हुन्छ । जसले फाइदा भन्दा बेफाइदा बढी गर्छ ।
यस्तो समस्या लिएर आउँनेहरुलाई जाँच गरेर औषधि (आटिफिसियल आशु) दिने गर्छाैँ ।
बच्ने उपाय
कप्युटरमा काम गर्नुपर्ने मानिसलाई काम छोड्नुस् र विद्यार्थीलाई नपढ्नुस् भन्न मिल्दैन ।
धेरै बेर कप्युटर मोबाइलमा काम गर्नुपर्ने मानिसलाई बे्रक लिन सिकाएका छौँ।
अन्तर्राष्ट्रिय रुपमा नै मान्यता प्रात २०-२० नियम छ । सोही नियम अनुसार २० मिनेट स्क्रीन हेरियो भने २० सेकेण्डको बे्रक लिनुपर्छ ।
२० मिनेटका ब्रेकमा आँखाले स्कीनलाई छोडेएर २० फिट पर हेर्ने र आँखा झिम झिम गर्ने । त्यसपछि पुन काममा फर्कन सकिन्छ ।
यो नियम अनुसार यदि स्क्रीनमा २ घण्टाभन्दा बढी समय हेरियो भने ५ मिनेट उठेर नै ब्रेक लिनुपर्छ । आँखा सुख्खा हुने समस्याबाट बच्न यो नियमलाई मन्त्र नै मानेर फलो गर्न पर्छ।
कम्प्युटर सिण्ड्रोम
धेरै कप्युटरमा काम गर्ने मानिसलाई देखिने अर्को समस्या भनेको कम्प्युटर सिण्ड्रोम हो । यो समस्याले आँखालाई मात्र नभएर शरीरलाई असर गर्ने गर्छ ।
यस्तो समस्या भएका मानिस टाउँको दुख्ने, आँखा, गर्दन, घाटी र शरीर दुख्ने थकाइ लागेको समस्या लिएर अस्पतालमा आउने गर्छन् ।
बच्ने उपाय
हामी यसबाट पूर्ण रुपमा मुक्त हुन सक्दैनौं । किनकि प्रविधिबाट कोहीपनि टाढा रहनसक्दैनन् ।
तर पनि विद्युतीय उपकरणबाट हुने जोखिमलाई भने न्यून गर्न सकिन्छ । त्यसका लागि दुई तीनवटा कुरालाई ध्यान दिनुपर्छ ।
कम्प्युटर, मोबाइल प्रयोग गर्दा कस्तो कुर्सी प्रयोग गर्नुहुन्छ र आँखा र कम्प्यूटरबीचको दूरी कति छ भन्ने कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ ।
बेलाबेलामा ब्रेक लिने, चस्मा लगाउने, आफूले प्रयोग गर्ने उपकरणको ब्राइटनेस कम गर्ने मोडहरु अन गर्ने ।
आँखा र कम्प्युटरको बीचमा एक हातको दूरी हुनुपर्छ । कम्युटरको स्क्रीन आँखाको लेबल भन्दा तल हुनुपर्छ।
आँखाले तल झुकाएर हेर्ने ठाउँमा कम्प्युटर मोबाइल राख्नुपर्छ । बस्ने कुर्सी पनि पछाडिको भागलाई सपोर्ट छ, छैन त्यो कुरामा ध्यान दिनुपर्छ ।
कम्प्यूटर मोबाइल चलाउँदा धेरै निहुरिएर बस्नुहुँदैन । साना-साना कुरालाई ध्यान दिएर त्यसलाई दैनिक लागू गयौँ भनेर कम्प्युटर भिजन सिण्ड्रोमबाट बच्न सकिन्छ ।
यसबाट बच्न स्कीनको ब्राईटनेस पनि ध्यान दिनुपर्छ । बाहिरी वातावरणको उज्यालो र कम्प्युटरबाट निस्कने उज्यालो तीन गुण बढी वा तीन गुण कम हुनु हुँदैन ।
आजभोलि मोबाइलहरुमा ब्राईट कन्ट्रोल गर्न मिल्छ । त्यसलाई मिलाउने बानी बसाल्नुपर्छ । ब्राइटलाइटले आँखालाई स्टे«स गराउँछ ।
आँखाको मेकअप गर्दा बाहिर छालामा मात्र पर्ने गरेर गर्ने । आँखाको कोषमा गाजल लगाउँदा आशु बनाउने ग्रन्थी टालिने गर्दर्छ ।
आँखालाई कप्युटर मोबाइलबाट आउने लाइटबाट बचाउन एउट सिसा पाइन्छ । त्यसको प्रयोग गर्ने । त्यसले ९० प्रतिशतसम्म त्यस्तो किरणहरु आउन बन्द गरिदिन्छ ।
स्मार्ट फोनमा पोटेक्सन मोड हुन्छ । त्यो एक्टीभेट गर्नुपर्छ।
ल्यापटमा रे प्रोटेक्ट गर्ने खालको सिसा पाइन्छ । त्यसले कम्प्युटरबाट आउने ब्राइटनेसलाई केही हदसम्म कम गर्न सकिन्छ ।
यसबाट बच्नको निम्ति काम बाहेक अन्य खाजा खाने बेलामा मोबाइल नहेर्ने हो भने केही हदसम्म हामीले कम्प्युटर सिण्ड्रोमबाट आँखालाई बचाउन सकिन्छ ।
सुत्नुभन्दा आधा घण्टा अगाडी मोबाइल कम्प्युटर चलाउनु हुँदैन । त्यसबाट निस्कने रेहरुले तपाईको निन्द्रालाई बिगार्ने काम गर्दछ।
धुम्रपान नगर्ने, धुम्रपान गर्नाले आँखामा सुख्खापन ल्याउने गर्दछ ।
ओमेगा फ्याक्ट्री एसिड भएको खाना जस्तै माछा र आलासको नियमित प्रयोगले केही हदसम्म सुख्खापन हुन कम गर्छ ।
दुई घण्टाभन्दा बढी मोबाइल कम्प्युटर चलाउनुहुन्छ भने आफ्नो आँखाको आशुको मात्रा, आँखाको नानीको अवस्था कस्तो छ ? नियमित रुपमा ६ महिनाको अन्तरालमा आँखाको जाँच गराउने ।
डा बिनिता शर्मा, मेडिकल डाइरेक्टर, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र
प्रतिक्रिया