कर अधिकृत डेढ लाख घुससहित पक्राउ

धनुषा : धनुषास्थित आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत रमेश ढकाल र कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्ण डेढ लाख घुसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान अनुसन्धान आयोगको टोलीले कर्णलाई सेवाग्राहीबाट घुस रकम लिएको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट पक्राउ गरेको हो ।

कर अधिकृत ढकाललाई नेपाल स्काउटको कार्यालय अगाडिबाट नियन्त्रणमा लिइएको हो ।

उनीमाथि अनुसन्धान सुरु भएको अख्तियारका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

TOP