प्रचण्डलाई राजेन्द्र महतोको प्रश्न : अरुलाई समर्थन गर्न मात्रै मधेशी दल जन्मिएको हो र ?

काठमाडौं : जनता समाजवादी पार्टीका नेताहरुले रेशम चौधरीको रिहाई लगायतका मुद्धाको सम्बोधन गर्ने दललाई समर्थन गर्ने स्पष्ट पारेको छ ।

बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा जसपाका नेताहरुले आफूहरुका माग सम्बोधन गर्ने दललाई सरकार गठनमा समर्थन गर्ने प्रष्ट पारेका हुन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो अध्यक्ष प्रचण्डलाई भेट्न माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा पुगेका थिए ।

‘हामीले भन्दै आएको मागहरु पुरा गर्नेप्रति सहानुभूति गर्ने हो । सरकारको दावी गर्न त हाम्रो क्षमता छैन,’ नेता महतोले भने, ‘रेशम चौधरीको मुद्धा, संविधान संशोधन, मधेशका मुद्धाको सम्बोधन गर्नेलाई समर्थन गर्छाैं ।’

उनले केपी ओली नेतृत्वको सरकारलाई मधेश केन्द्रीत दलहरुले समर्थन गर्दा पनि माग सम्बोधन नभएको बताए ।

उनले ओलीले आफूहरुलाई धोका दिएको बताए ।

‘माग पूरा गराउन त हामीले केपी ओलीलाई समर्थन गरेका हौं । दुई तिहाईको समर्थन थियो । खोई, माग पुरा भएको ?,’ महतोले प्रश्न गरे ।

उनले सरकारमा समर्थन गर्न आफूहरुका माग सम्बोधन हुनुपर्ने पूर्वशर्त दोहो¥याए ।

जसपाले सरकारमा जान कार्यदल नबनाएको बताए । ‘कार्यदल बनाएको त सबैसँग कुरा गर्नलाई हो । कुरा त सबैसँग भईहाल्छ नि,’ महतोले भने, ‘सत्ताको कुरा नै गर्दैनौं भनेका छैनौं नि । पटकपटक हामी ठगिएका हौं ।’

प्रतिक्रिया

TOP