पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजन लिगमा घटुवा

पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक सी डिभिजन लिगमा घटुवा भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा नयाँबस्ती युथ क्लबसँग २-१ गोल अन्तरले पराजित भएपछि पुल्चोक सी डिभिजनमा घटुवा भएको हो ।

बी डिभिजनमै रहन पुल्चोकलाई अन्तिम खेल जित्नु पर्ने थियो । र, अन्य खेलको नतिजा कुर्नुपर्ने थियो । तर, नयाँबस्तीसँग पराजित भएपछि पुल्चोक घटुवा भएको हो ।

नयाँबस्तीलाई जित दिलाउन अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे ।

पुल्चोकका शिरब लो तामाङले एक गोल फर्काए । जितसँगै नयाँबस्तीले भने ११ खेलमा १५ अंक जोड्यो । नयाँबस्ती नवौं स्थानमा रहेको छ ।

हारसँगै पुछारमा रहदै लिग सकाएक पुल्चोकले ११ खेलमा ५ अंक जोड्यो ।

त्यस्तै बुधबार नै भएको आफनो अन्तिम लिग खेलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ । खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

खुमलटारलाई जित दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक एक गोल गरे ।

जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँगअंक बराबरी समेत गरेको छ ।

खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।

एक खेल बाँकी रहेको सातदोबाटोको २५ अंक रहेको छ । सातदोबाटोले लिगको उपाधि यस अघि नै जितिसकेको छ ।

प्रतिक्रिया

TOP