
काठमाडौं : जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरुको मुद्धा नमिल्ने बताएका छन् ।
उनले नेकपा एमाले सुरुदेखि नै मधेका मुद्धाप्रति सकारात्मक नरहेको बताए ।
उनले एमालेसँग जसपाका मुद्धा नमिल्ने भन्दै सत्ता सहकार्य नहुने स्पष्ट पारे ।
‘असंवैधानिक कदम उठाउने र अलोकतान्त्रीक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति हुन्छ,’ संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग उनले भने, एमालेसँग हाम्रो मुद्धा मिल्दैन । त्यसैले सहकार्यको सम्भावना छैन ।’
उनले प्रधानमन्त्री ओलीसंग सरकारका बिषयमा नभएर रेशम चौधरीलाई रिहाई गर्ने बिषयमा छलफल भएको बताए ।
जसपाले लोकतन्त्र र संघीयताको रक्षा गर्ने शक्तिसंगमात्र सहकार्य गर्ने भन्दै उनले त्यो शक्ति नेकपा एमाले नभएको स्पष्ट पारे ।
प्रतिक्रिया