
काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठक बस्दैछ।
आज अपराह्न चार बजे काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल समुहको केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो ।
सर्वाेच्च अदालतले नेकपा खारेज गर्दै साविककै एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि नेपाल पक्षधर केन्द्रीय सदस्यहरु छलफलमा जुटेका हुन् ।
नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उभिएको नेपाल समूह एमाले ब्यूँतिएपछि पार्टीभित्रको आगामी रणनीति बनाउन बैठक बस्न लागेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
प्रतिक्रिया