महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्थापन

महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पुरा

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको छ ।

पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरुको भीडलाई मध्यनजर गरेर सहज आवत जावतको प्रबन्ध मिलाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

विभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागि छुट्टाछुट्टै स्थानमा पार्किङ्ग प्रबन्ध समेत मिलाएको छ ।

चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ ।

भक्तजनको भीड बढि भएमा सवारी सञ्चालनका लागि बैकल्पिक मार्गको व्यवस्था मिलाईने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

मालबाहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने , सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थी एव भक्तजनहरुका सवारी साधनहरुलाई बनकाली खुल्ला चौर, सिफलचौर, गुह्हेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङ्गको व्यवस्था मिलाएको छ ।

यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र बनकाली भित्र राखिने छ ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ स्थान तोकिएको छ ।

गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अबस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग भई संचालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।

चाबहिल, गौशाला, तिलगंगा हुदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

No description available.

प्रतिक्रिया

TOP