झलनाथ भन्छन्, ‘अब ओली सरकार बचाउन लाग्छौं’

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकार जोगाउन आफूहरुले पहल गर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिर निस्कने क्रममा नेता खनालले एमाले नेतृत्वको सरकार जोगाउन भूमिका खेल्ने बताएका हुन् ।

सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि तत्कालीन नेकपाका नेताहरु आआफ्नो पार्टीमा फर्किएका हुन् ।

नेकपाभित्र ओलीलाई हटाउने अभियानमा रहेका खनाललगायतका नेताहरु सर्वाेच्चको फैसलापछि एमालेमै फर्किएका हुन् ।

प्रतिक्रिया

TOP