बुधबार, मंसिर २२ २०७८

एक लाख १६ हजारसहित नौ जुवाडे पक्राउ

एक लाख १६ हजारसहित नौ जुवाडे पक्राउ


Nepal Manch
कार्तिक ३० २०७८, मंगलबार

लमजुङ : लमजुङ प्रहरीले बेसीसहर नगरपालिका-११ रामचोकबेसीबाट जुवा खेल्दै गरेको अवस्थामा नाै जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई सोमबार राति १ बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीको नेतृत्वमा खटिएको टोलीले उनीहरूको साथबाट नगद एक लाख १५ हजार नाै सय २५ रुपैयाँसहित १६ गोटी कौडासमेत बरामद गरेको छ ।

पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट