बुधबार, मंसिर २२ २०७८

बन्दकर्ताको सडकमा रचनात्मक कार्य

बन्दकर्ताको सडकमा रचनात्मक कार्य


Nepal Manch
कार्तिक ३० २०७८, मंगलबार

दाङ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा मंगलबार गरेको बन्दको क्रममा दाङमा नेकपाका कार्यकर्ताहरूले फरक र नयाँ शैली अपनाएका छन ।

सडकका देखिएका बन्दकर्ताहरू सडक सरसफाइ र ट्राफिक चिन्नहरूको व्यवस्थापनमा लागेका छन् ।

बन्दकर्ताहरूले आफैँ कुचो समाएर सडक सभा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन ।

राजनीतिक कार्यकर्ताहरू अराजक मात्र हुन्छन भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्त प्रकास वलीले बताए ।

‘सबै साथीहरूले नयाँ र रचनात्मक काम गरौँ भनेर प्रयास गरेका हौँ’,उनले भने, ‘मूल्य वृद्धिको विरोधमा बन्द भए पनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएका छौँ ।’

बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालीन हुने विश्वास आफूहरूले लिएको उनले बताए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट