बुधबार, मंसिर २२ २०७८

केन्द्रमा जस्तै प्रदेश एकमा पनि राजनीतिक संयन्त्र गठन, कोइराला बने संयोजक

केन्द्रमा जस्तै प्रदेश एकमा पनि राजनीतिक संयन्त्र गठन, कोइराला बने संयोजक


Nepal Manch
कार्तिक २९ २०७८, सोमबार

विराटनगर : नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा प्रदेश १ को सत्तारुढ पाँच दलीय गठबन्धनले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको छ।

विराटनगरमा सोमबार बसेको बैठकले गठबन्धन दलका सबै नेता रहने गरी कोइरालाको नेतृत्वमा संयन्त्र बनाएको हो।

कांग्रेसकै सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको साझा कार्यक्रम तय गर्न कार्यदल पनि बनेको सत्ता गठबन्धनले जनाएको छ।

न्यूनतम साझा कार्यक्रम बनाउने कार्यदलमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य छन्।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले संसद्‌बाट मंगलबार विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनुअघि उनले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणका लागि बैठक आह्वान गरेका थिए।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट