
काठमाडौंः आज दिउँसो केही पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा बुधबार जारी मौसम बुलेटिन अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा आंशिक बदली रहने उल्लेख छ।
आज अपरान्ह पश्चात देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आज सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम विभागले जनाएको छ।
प्रतिक्रिया