राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र तिमल्सिना नियुक्त

काठमाडौँ : नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगाना तिमल्सिनालाई नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरमा मिश्र र तिमल्सिनालाई नियुक्त गर्ने निर्णय गरेको हो । फागुन १८ गतेदेखि डेपुटी गभर्नर पद खाली थियो ।

डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पाँच वर्षे कार्यकाल सकिएपछि अवकाश प्राप्त गरेका थिए ।

प्रतिक्रिया

TOP