श्री कुमारीले टुसाल क्लबलाई ४-० गोल अन्तरले पराजित

काठमाडौं:राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलको आफ्नो अन्तिम लिग खेलमा श्री कुमारी क्लबले फराकिलो जित निकालेको छ ।

मंगलबार भएको खेलमा श्री कुमारीले टुसाल क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा श्री कुमारीलाई जित दिलाउन आशिष राईले दुई गोल गरे ।
सन्तोष कुमार सिंह र विवेक पुनले एक एक गोल गरे ।

खेलको ११ औं मिनेटमा सन्तोषले गोल गर्दै श्री कुमारीलाई १–० को अग्रता दिलाएका थिए ।
२४ औं मिनेटमा विवेकले गोल गर्दै श्री कुमारीलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै श्री कुमारीलाई ४–० को जित दिलाए ।
यसअघि मंगलबार भएको खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र प्रज्वल थापा मगरले एक एक गोल गरे ।
ब्वाइजका टंक बहादुर स्याङतानले एक गोल फर्काए ।
जितसँगै श्री भगवती पाँचौं स्थानमा उक्लिएको छ ।
श्री भगवतीले ११ खेलमा १५ अंक जोडेको छ ।
ब्वाइज ११ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

TOP