माओवादीले सरकार र सदन सञ्चालनबारे काँग्रेस र जसपासँग छलफल गर्ने

काठमाडौं : नेकपा (माओवादी) केन्द्रले सरकार र सदन सञ्चालनबारे काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको बैठकले नयाँ परिस्थितिबारे काँग्रेस र जसपासंग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकले आवश्यक परे एमालेसंग पनि संवाद गर्ने निर्णय गरेको छ ।

बैठकले पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल गर्न फाल्गुन २९ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ भने चैत १ गते गते प्रशिक्षण भेला बोलाउने पनि निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टीले सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने बिषयमा भने कुनै छलफल नभएको उहाले बताए।

सर्वोच्च अदालतले नेकपा एकता भंग गरेसँगै नेकपाका दुवै घटक एमाले र माओवादी अलग–अलग भएका छन् ।

अलग भएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटी बैठक बसेको हो । बैठक बुधबार पनि बस्ने नेता श्रेष्ठले बताए।

प्रतिक्रिया

TOP