
लुम्बिनी : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ्गले देशमा देखिएको राजनीतिक तरलतालाई सहि बाटोमा लैजान काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलय बुटवलले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेता गुरुङ्गले काङ्ग्रेस पार्टी जनताको र राष्ट्रको हीतमा सधै उभिने बताए ।
उनले अहिले देखिएको राजनीतिक तरलतालाई पनि सबै दलको सहमतिमा काङ्ग्रेसले नै पार लगाउने बताए ।
‘संसदमा कुनै पनि दलको बहुमत छैन । अहिलेको संसद कुन दिशामा जान्छ भन्ने कुनै निक्र्यौल पनि छैन,’ उनले भने, ‘मुलुक र संसदको कार्यदिशा प्रष्ट भएपछि मात्रै कांग्रेसले सरकार बनाउन कुन दलसगँ सहकार्य गर्ने वा नगर्ने बारे निर्णय लिन्छ ।’
नेता गुरुङ्गले नेपाली काङ्ग्रेसको १४ औ माहाधिवेशनमा केन्द्रिय सभापतिमा आफ्नो उम्मेदवारी दिने बताए ।
प्रतिक्रिया