
काठमाडौं : नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति डा भुपेन्द्रबहादुर खड्काको निघन भएको छ।
आज विहान ४ बजे काठमाडौंको सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ।
स्वर्गीय खड्का २०४८ को आम निर्वाचनमा म्याग्दी जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए।
उनी वि सं २०५५ मा म्याग्दी जिल्ला सुकुम्वासी आयोगको अध्यक्ष हुनुका साथै विभिन्न सामाजिक संस्थाहरुमा समेत क्रियाशील रहेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वि सं १९९८ श्रावण २० गते तत्कालीन अथुङ्गे गा वि स-१ मा जन्मिएका स्वर्गीय खड्काले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै कांग्रेस सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताए ।

प्रतिक्रिया