
मोरङ: मोरङ सुन्दरहरैचा नगरपालिका १० बाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् ।
सोमबार राती ८ बजे ईलाका प्रहरी कार्यालय बिराट चौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप थान-१०, लुपिजेसिक थान-७, एभिल थान-१३ र गांजा २०० ग्राम फेला पारेका हुन् ।
प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि-बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगरलाई पक्राउ गरेको हो।
पक्राउ परेकाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
प्रतिक्रिया