प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एकमन्त्रीले बताए ।

सर्वाेच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्रिपरिषदको पहिलो बैठक बस्न लागेको हो ।

ओली सरकार पूर्ववत नेकपा एमाले र एनेकपा माओवादीको संयुक्त सरकारमा रुपान्तरण भएको छ ।

माओवादी केन्द्रको समर्थनमा ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्री चयन भएका थिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए ओली सरकार अल्पमतमा पर्नेछ ।

प्रतिक्रिया

TOP