एमाले र माओवादी गठबन्धनको सरकार कति दिन टिक्ला ?

काठमाडौं : सर्वाेच्च अदालतले नेकपा एमाले र एनेकपा माओवादी ब्यूँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पनि दुई दलको गठबन्धनको सरकार बनेको छ ।

एनेकपा माओवादीको समर्थनमा ओली प्रधानमन्त्री निर्वाचित भएका थिए ।

दुई दलले चुनावी गठबन्धनपछि पार्टी एकता गरेका थिए । तर अदालतले नेकपा नै खारेज गरिदिएपछि ओली नेतृत्वको सरकार एमाले र माओवादीको गठबन्धनको सरकारमा बदलिएको हो ।

एनेकपा माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । माओवादीको समर्थन रहेसम्म ओली सरकार संयुक्त सरकार नै रहनेछ ।

सरकारमा माओवादीकातर्फबाट गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा पाँच जना मन्त्री छन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, श्रममन्त्री र खानेपानी मन्त्री मणी थापा सरकारमा छन् ।

२०७४ साल फागुनमा एमाले अध्यक्ष ओली माओवादीको समर्थनमा प्रधानमन्त्री चयन भएका थिए ।

चुनावमा बामगठबन्धन गरेका एमाले र माओवादी एक भएपछि नेकपा गठन भएको थियो ।

सर्वाेच्च अदालतले नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि ओली सरकार तीन वर्ष अघिकै अवस्थामा पुगेको हो ।

माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्नेछ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने छ ।

प्रतिक्रिया

TOP