एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रदेश १ र बागमतीका मुख्यमन्त्री ढुक्क

काठमाडौं । प्रदेश १ मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सरकार जोगिने भएको छ ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि प्रदेशको सत्ता समीकरणसमेत फेरबदल हुने भएको छ ।

एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि अविश्वास प्रस्ताव सामना गरिरहेका प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री सुरक्षित देखिएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको दल एमालेसँग ५१ सांसद छन् । जब कि उनलाई बहुमतका लागि जम्मा ४७ सांसद आवश्यक पर्छन् ।

बागमती प्रदेशमा पनि एमालेका मुख्यमन्त्री डोरमणि पौडेल स्पष्ट बहुमतमा छन् । उनीसँग एमालेका ५८ सांसद छन् । बहुमतका लागि ५६ सांसद पर्याप्त हुन्छ ।

प्रतिक्रिया

TOP