विप्लवले फेरि भने : राज्यसत्ताका विरुद्ध बन्दुक उठाउछौं

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आवश्यक परे राज्यसत्ताका विरुद्ध बन्दुक लिएर पनि हिँड्न तयार रहेको बताएका छन् ।

कपिलवस्तु शिवगढीमा आयोजित विप्लव नेतृत्वकै नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघको सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनतालाई दुख दिने आफ्नो पार्टीको एक इन्च पनि मनाशय नभएको र आफ्ना मुद्धा देशको स्वाधिनता, समृद्धि, राष्ट्रियता, न्यायको विरुद्ध रहेको उनले बताए । उनले भने ‘राज्यले लगाएको प्रतिबन्ध र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई दमन गर्नु गलत थियो । त्यसको हामी प्रतिकार गर्यौ र गर्छौ ।’

प्रतिक्रिया

TOP