एमालेमा फर्किएको माधव नेपाल पक्षलाई सुर्य थापाले अपराधीहरु भनेपछि…

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अपराधीहरु भन्दै माधव नेपाल पक्षप्रति कटाक्षा समेत गरेका छन् ।

सामाजिक सन्जालमार्फत थापाले ओलीविरुद्ध गरिएका कारवाही नबिर्सने बताएका हुन् ।

दुईतिहाईको सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउनेहरुको नेपाल पक्षको अनैतिक हर्कतलाई बिर्सन नमिल्ने थापाको टिप्पणी छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरुको मुहार झलझली सम्झना भइरहेको बताए ।

विघटित नेकपाको प्रचण्ड माधव पक्षले ओलीलाई अध्यक्ष तथा साधारण सदस्य समेत नरहने गरी पटक पटक कारवाही गरेको घोषणा गरेको थियो ।

यद्यपी निर्वाचन आयोगले सो कारवाहीलाई बैधानिकता दिएको थिएन ।

माधव नेपालले बिगतका तीतामिठा बिर्सेर ओलीप्रवृति विरुद्ध एमालेमै रहेर संघर्ष गर्ने भन्दै पेरिसडाँडा छाडेर फर्के लगत्तै थापाको यो कटाक्ष आएको हो ।

प्रतिक्रिया

TOP