२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
जसपा संसदीय दलको बैठक बस्दै : नेतृत्वको लागि चार नेताको दाबी
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन २५ मंगलवार
  •  
  •  
  •  
  •  

186

काठमाडौं । सत्तासिन नेकपामा उथलपुथल भएसँगै प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक मंगलबार बस्दै छ।

समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जसपाले पार्टी एकीकरणपछि मंगलबार संसदीय दलको बैठक डाकिएको हो।

बैठकले संसदीय दलका नेता चयन गर्नेछ। बैठक दिउँसो १ बजे बस्दैछ ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको एक वर्ष हुन लागे पनि अझै संसदीय दल समायोजन भएको छैन ।

समायोजनपछि जसपा संसदीय दलको नेता को हुने भन्नेबारे पनि प्रस्ट भइसकेको छैन ।

पार्टीमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई राजेन्द्र महतोलगायतका नेताहरु संसदीय दलको नेताका दावेदार छन् ।

संसदीय दल समायोजन हुन नसक्दा सिंहदरबारमा जसपा नेपालको दुईवटा संसदीय दलको कार्यालय छ ।

दुवै कार्यालयमा जनता समाजवादी पार्टीको बोर्ड झुण्ड्याइएको छ तर साबिककै दलअनुसार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको छुट्टा छुट्टै संसदीय दलको नेता छन् ।

भर्खरै