वेस्ट ह्यामको जितमा लिंगार्ड र डसनको गोल

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा वेस्ट ह्यामले लिड्स युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा वेस्ट ह्यामलाई जित दिलाउन जेसे लिंगार्ड र क्रेग डसनले एक एक गोल गरे ।

खेलको २१ औं मिनेटमा लिंगार्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

लिंगार्डले आफ्नै पेनाल्टी लिड्सका गोलकिपर इलनले रोकेपछि आएको रिबाउण्ड बलमा गोल गरेका थिए ।

त्यसपछि खेलको २८ औं मिनेटमा डसनले गोल गर्दै वेस्ट ह्यामलाई २-० को जित दिलाए ।

जितसँगै वेस्ट ह्याम लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

वेस्ट ह्यामले २७ खेलमा ४८ अंक जोडेको छ ।

लिड्स ३५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

TOP