बुधबार, मंसिर २२ २०७८

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु


Nepal Manch
कार्तिक २३ २०७८, मंगलबार

मकवानपुर : हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

हेटौंडाबाट मनहरीतर्फ गइरहेको बाग्मती प्रदेश ३००४प ७१९१ नम्बरको मोटरसाइकललाई ना७ख ८८१ नम्बरको ट्रकले मंगलबार विहान साढे ६ बजे ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार ट्रकको ठक्करबाट हेटौंडा उपमहानगरपालिका–१२ का २० वर्षीय सुशान्त पुडासैनीको घटनास्थलमै मृत्यु भएको हो ।

रिमालका अनुसार ठक्कर दिने ट्रकका चालक लमजुङका ४९ वर्षीय पूर्णबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको रिमालले जनाएका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट