फेरि संसद् विघटनको बाटोमा मुलुक जान्छ : अधिवक्ता डा. भण्डारी

संविधानविद् डा. सुरेन्द्र भण्डारीले सर्वोच्चको फैसलामा नेताहरु पूनरावलोकनमा जाने सम्भावना आफूले नदेखेको सुनाए ।

उनले भने,‘अहिले मुलुक राजनीतिक असफलतातर्फ गयो, यो गर्न नेकपा नेताहरु जिम्मेवार छन् । मुलुकमा अब सफलतातर्फ जानको लागि नेकपाको विकल्प चाहिन्छ ।’

उनले सर्वोच्चको हिजोको फैसलामा पूनरावलोकन हुनसक्छ कि सक्दैन् ? भन्ने कुरामा आफूले नेकपा पूनरावलोकनमा जाने सम्भावना नदेखेको सुनाए ।

उनले भने, ‘नेकपा पूनरावलोकनमा जाँदैन होला। ओलीले हिजै निर्णय मान्छु भन्नुभएको छ । उहाँ रिभ्युमा जानुहुन्न । प्रचण्डजी पनि नेकपाको अध्यक्षको रुपमा मात्रै जान पाउनुहुन्छ । माओवादी केन्द्रको रुपमा होईन ।’

अदालतले एमाले र माओवादी केन्द्र मिलेर जाने भए एक भएर जानुहोस भनेको उल्लेख गर्दै भण्डारीले भने-‘तर, उहाँहरु एकताबद्ध भएर जाने अवस्था छैन् । संसद बैठक बहिष्कार गर्नु गलत हो । अध्यादेश त फेल गराएको भए भैहाल्थ्यो नि ।’

उनले फेरि संसद् विघटनमा मुलुक जाने सुनाए ।

प्रतिक्रिया

TOP