
काठमाडौ : गत २४ घण्टामा १ लाख ६५ हजार भन्दा बढी जेष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
सरकारले आइतबारदेखि ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना खोप लगाउन सुरु गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो दिनमा १ लाख ६५ हजार ४ सय २८ जनाले कोरोना खोप लगाएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दैनिक ३ लाख व्यक्तिलाई कोरोना खोप लगाउने सरकारको लक्ष्य रहेको बताए ।
प्रदेश १ मा २३ हजार १ सय ८७, प्रदेश २ मा २० हजार ७ सय ५९, बाग्मती प्रदेशमा १० हजार ७ सय ८, गण्डकी प्रदेशमा ३१ हजार १ सय ८९, लुम्बिनी प्रदेशमा ४७ हजार २ सय ४८, कर्णली प्रदेशमा १० हजार ५ सय ६७ र सुदुरपश्चिम प्रदेशमा २२ हजार ६९ जना खोप लगाएको मन्त्रालयले जनाएको छ ।
सरकारले प्रदेश १ मा ४४२, प्रदेश २ मा २४१, बाग्मती प्रदेशमा ४ सय २८, गण्डकी प्रदेशमा २२१, लुम्बिनी प्रदेशमा ५९९, कर्णली प्रदेशमा १ सय ७१ र सुदुरपश्चिम प्रदेशमा ३१७ वटा खोप केन्द्र छुट्याएको छ।
सरकारले परिचय पत्र नभएका जेष्ठ नागरिकलाई सम्बन्धी वडाको सिफारिसमा खोप लगाउने व्यवस्था गर्न आग्रह गरेको छ ।
फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्ध खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गरेका थिए । यो अभियान २० दिन सम्म चल्ने छ।
दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्षमाथिका नागरिक परेका छन्। हिमाली १५ जिल्लामा ५५ वर्षम माथिका नागरिकलाई खोप लगाउन सुरु गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दोस्रो चणरमा सरकारले १७ लाख ८२ हजार ४ सय ६९ जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ।
प्रतिक्रिया