
काठमाडौं : सर्वाेच्च अदालतको फैसलाले नेकपा पार्टी नै खारेज गरिदिएपछि प्रचण्ड-नेपाल समूहको गठबन्धन पनि भत्किएको छ ।
अदालतले साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेकपाभित्रको गुटहरु भताभंग भएका हुन् ।
अब पूर्व एमालेका सांसद एमाले पार्टीमा फर्किनुपर्नेछ भने पूर्वमाओवादी केन्द्रका नेताहरु पुरानै पार्टीमा फर्किनुपर्ने बाध्यता आएको छ ।
नेकपाभित्र प्रचण्ड नेपाल समूह र ओली समूहमा लागेका नेताहरु अब आ-आफ्नै पुरानै दलमा फर्किनुपर्ने बाध्यता छ ।
उनीहरुले दल त्याग नगरेसम्म एउटै समूहमा रहने अवस्था छैन ।
प्रतिक्रिया