६० वर्षमाथिका नागरिकको निशुल्क उपचार, यी अस्पतालमा पाइनेछ सुविधा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि निर्देशिका (जेरियाट्रीक) जारी गरेको छ ।

जेष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा छुट तथा प्राथमिकता दिन यो निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ ।

निर्देशका जारी भएपछि ६० वर्षभन्दा माथिका नागरिरकलाई आकस्मिक, बहिरंग र अन्तरंग सेवामा निःशुल्क वा सहुलियत प्रदान गरिने छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार केन्द्र, प्रदेशमा गरि २४ वटा अस्पतालमा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचार भइरहेको र ५० बेडभन्दा सबै अस्पतालमा यो कार्यक्रम लागू गराउने गृहकार्य भइरहेको छ ।

आर्थिक वर्ष २०७७/७८ सम्म जेष्ठ नागरिकको उपचार निःशुल्क भइरहेका अस्पतालहरु :

प्रदेश १
१.वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान
२.कोशी अस्पताल,विराटनगर
३.मेची अस्पताल,भद्रपुर
४.उदयपुर अस्पताल, उदयपुर

प्रदेश २
५.नारायणी अस्पताल,विरगञ्ज
६.जनकपुर अस्पताल,जनकपुर
७.गौर अस्पताल,रौतहट
८.गजेन्द्र नारायण सिंह अस्पताल,सप्तरी

बागमती प्रदेश
९.पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पताल
१०.आयुर्वेद शिक्षण अस्पताल,कीर्तिपुर
११.भरतपुर अस्पताल,भरतपुर
१२.वीर अस्पताल
१३.हेटौडा अस्पताल,मकवानपुर
१४.राष्ट्रिय ट्रमा सेन्टर
१५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

गण्डकी प्रदेश
१६.पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१७.धौलागिरी अस्पताल,बाग्लुङ

लुम्बिनी प्रदेश
१८.भेरी अस्पताल,नेपालगञ्ज
१९.राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
२०. लुम्बिनी अस्पताल,रुपन्देही

कर्णाली प्रदेश
२१.प्रदेश अस्पताल,सुर्खेत
२२.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,जुम्ला

सुदुरपश्चिम प्रदेश
२३.सेती अस्पताल,धनगडी
२४.डडेल्धुरा अस्पताल,डडेल्धुरा

प्रतिक्रिया

TOP