Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • न्यायाधीशलाई कालोमोसो दल्ने चेतावनी (भिडियाेसहित)

    न्यायाधीशलाई कालोमोसो दल्ने चेतावनी (भिडियाेसहित)

    नेपालमञ्च संवाददाता
    कार्तिक २१ २०७८, आइतबार

    काठमाडौं : जनताको आयोग महा–अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध षड्यन्त्र गरिएको भन्दै त्यो षड्यन्त्रलाई कुनैपनि हालतमा सफल हुन नदिने स्पष्ट पारेको छ ।

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाभियानले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सम्भव नदेखेपछि अहिले दबाब सिर्जना गरेर राजीनामा गर्न लगाएर हटाउने षड्यन्त्र भएको जनाएको छ ।

    महाअभियान कार्यसमितिकी अध्यक्ष तारा बरालले बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्ने पनि माग गरिन् । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश जबरालेजस्तो उल्लेखनीय काम अरु कसैले पनि गर्न नसकेको उनले दाबी गरिन् ।

    उनले अब न्यायालय अवरुद्ध गर्ने र जनतालाई न्याय पाउनबाट वञ्चित गर्नेहरुलाई जहाँ भेट्यो त्यही कालो मोसो दल्ने पनि चेतावनी दिइन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend