Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • सार्वजनिक कार्यक्रममै बाबुरामकाे आम्दानीमाथि ओलीले उठाए प्रश्न (भिडियाेसहित)

    सार्वजनिक कार्यक्रममै बाबुरामकाे आम्दानीमाथि ओलीले उठाए प्रश्न (भिडियाेसहित)

    नेपालमञ्च संवाददाता
    कार्तिक २१ २०७८, आइतबार

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आम्दानीमाथि प्रश्न उठाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले यस्ताे प्रश्न उठाएका हुन् ।

    ‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ?’ उनले भने, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’

    ओलीले अगाडि भने, ‘तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २-४-५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?’

    पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्रो भएको ओलीले सुनाए । तर प्रचण्ड बाबुराम युरोप घुमेको भन्दै उनले भने, ‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर ०४८ मा सांसद भएपछि । (हाँस्दै) प्रचण्ड बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend